Qatar Job Interview Questions and Answers in English and Nepali

✈️ Are you preparing for a Qatar job interview?



के तपाईं कतारको लागि अन्तर्वार्ता (इन्टरभ्यू) तयारी गर्दै हुनुहुन्छ?


Here are the most commonly asked interview questions and answers in English and Nepali — perfect for beginners going abroad for hotel, restaurant, or helper jobs.

यहाँ कतारमा सोधिने सामान्य अन्तर्वार्ता प्रश्नहरू र तिनका उत्तरहरू अंग्रेजी र नेपाली दुवै भाषामा दिइएका छन् — होटल, रेष्टुराँ वा हेल्परको रूपमा विदेश जान चाहने शुरुवातीकर्मीहरूका लागि उपयुक्त।



🧍 Personal Information (व्यक्तिगत जानकारी)


Q: What is your name?

तपाईंको नाम के हो?

👉 My name is Santosh Paudel. / I am Santosh Paudel.

मेरो नाम सन्तोष पौडेल हो। / म सन्तोष पौडेल हुँ।


Q: How old are you?

तपाईंको उमेर कति हो?

👉 I am 27 years old.

म २७ वर्षको छु।


Q: Are you married?

के तपाईं विवाहित हुनुहुन्छ?

👉 Yes, I am married. I have a daughter and a son.

हो, म विवाहित छु। मेरो एक छोरी र एक छोरा छन्।



🏡 Place (ठेगाना)


Q: Where do you live in Nepal?

तपाईं नेपालमा कहाँ बस्नुहुन्छ?

👉 I live in Hetauda, Nepal.

म नेपालमा हेटौँडामा बस्छु।


Q: What is your current location in Nepal?

हाल तपाईंको नेपालमा बसोबास कहाँ छ?

👉 I live in Hetauda, Nepal.

म नेपालमा हेटौँडामा बस्छु।


Q: Where were you born?

तपाईं कहाँ जन्मिनु भयो?

👉 I was born in Hetauda but I grew up in Bharatpur.

म हेटौँडामा जन्मिएको हुँ तर भरतपुरमा हुर्किएको हुँ।



👨‍👩‍👧 Family (परिवार)


Q: Tell me about your family.

तपाईंको परिवारको बारेमा बताउनुहोस्।

👉 In my family, there are my parents, my wife, a daughter, and myself.

मेरो परिवारमा मेरा बुबा-आमा, श्रीमती, एक छोरी र म स्वयं छु।



🎓 Education (शिक्षा)


Q: Tell me your academic qualifications.

Q: What are your academic qualifications?

Q: What is your education?

👉 I have completed my 10th-grade education. / I have passed the SLC.

मैले दशौँ कक्षा (SLC) पास गरेको छु।



💼 Experience (अनुभव)


Q: Do you have any experience?

👉 I have two years of experience working as a salesman.

मसँग बिक्रीकर्मीको रूपमा दुई वर्षको अनुभव छ।


Q: Do you have any experience as a...?

👉 I have six months of experience working as a kitchen helper.

मसँग किचन हेल्परको रूपमा छ महिनाको अनुभव छ।


Q: How many years of experience do you have?

👉 I have been working as a kitchen helper for three months.

म तीन महिनादेखि किचन हेल्परको रूपमा काम गर्दैछु।


🙋 Self Introduction (आफ्नो परिचय)


Q: Tell me about yourself. / Introduce yourself.

👉

Good morning,


Thank you for the opportunity to introduce myself.

My name is Santosh Paudel, and I am 27 years old. I am from Hetauda, Nepal. In my family, there are my parents, my wife, a daughter, and myself.

Speaking about my experience, I have one year of experience working as a kitchen helper. Regarding my education, I have completed my 10th-grade education.

Additionally, I have completed a six-month basic computer course. Talking about my hobbies, I enjoy watching movies and learning new things, and I am always happy to share my knowledge with others.

Thank you once again for this chance to introduce myself.



शुभ प्रभात,


परिचय दिने अवसर दिनुभएकोमा धन्यवाद।

मेरो नाम सन्तोष पौडेल हो, मेरो उमेर २७ वर्ष भयो। म नेपालको हेटौँडाबाट बस्छु। मेरो परिवारमा बुबा, आमा, श्रीमती, एक छोरी र म छु।

अनुभवको कुरा गर्दा, मसँग किचन हेल्परको रूपमा एक वर्षको अनुभव छ। शिक्षाको कुरा गर्दा, मैले S. L. C. पास गरेको छु।

साथै, मैले छ महिनाको बेसिक कम्प्युटर कोर्स पनि पूरा गरेको छु। मेरो रुचिहरूको कुरा गर्दा, मलाई चलचित्र हेर्नु, नयाँ कुरा सिक्नु, र आफ्नो ज्ञान अरूसँग बाँड्नु मन पर्छ।

फेरि एकपटक परिचय दिने अवसरका लागि धन्यवाद।



⚙️ Duties & Responsibilities (कर्तव्य र जिम्मेवारीहरू)


Q: What are your duties and responsibilities?

👉 My duty is to take customer orders, serve food and drinks, maintain cleanliness, and provide good customer service.

मेरो काम ग्राहकको अर्डर लिनु, खाना र पेय पदार्थ सेवा गर्नु, सरसफाइ कायम गर्नु, र राम्रो सेवा दिनु हो।


😟 Problem Solving (समस्या समाधान)


Q: How do you handle customer complaints?

👉 If there is any problem, I will call my duty in charge.

यदि कुनै समस्या आयो भने, म मेरो ड्युटी इन्चार्जलाई बोलाउँछु।



🌏 Reason to Go to Qatar (कतार जानुको कारण)


Q: Why do you want to go to Qatar?

👉 Qatar is a developed and fast-growing country. There are many job opportunities, and I can build my career and secure my family’s future.

कतार विकसित र तीव्र गतिले बढ्दो देश हो। त्यहाँ धेरै रोजगारका अवसरहरू छन्, जसले मेरो करियर बनाउने र परिवारको भविष्य सुरक्षित गर्ने अवसर दिन्छ।


💪 Strengths and Weaknesses (बल र कमजोरीहरू)


Q: What are your strengths?

👉 I am honest, self-motivated, and a team player.

म इमानदार, आत्मप्रेरित र टिममा काम गर्न सक्ने व्यक्ति हुँ।


Q: What are your weaknesses?

👉 I cannot tell a lie. I cannot say no when someone asks for help.

म झूट बोल्न सक्दिन। कसैले मद्दत माग्दा “होइन” भन्न सक्दिन।


Post a Comment

Previous Post Next Post