cashier interview questions and answers in nepali || cashier काे अन्तरवार्तामा सोधिने प्रश्न र उत्तर।

cashier interview questions and answers in nepali || cashier काे अन्तरवार्तामा सोधिने प्रश्न र उत्तर।

यदि तपाई क्यासियर को अन्तर्वार्ताको लागि तयारी गर्दै हुनुहुन्छ वा अन्तर्वार्ताको लागि जाँदै हुनुहुन्छ भने तपाईंको लागि यो पोस्ट एकदम विशेष छ। यो पोष्ट भित्र मैले १५ वटा क्यासियर को अन्तरबार्ता मा सोधिने प्रस्न र उत्तरलाई समावेश गरेको छु। यदि तपाईं कुनै पनि क्षेत्रमा जस्तै बैंकमा, विभिन्न महलहरूमा व सपिङ सेन्टरमा कासियार को लागि जाँदै हुनुहुन्छ भने तपाईले यहाँ भित्र बाट क्यासियर को अन्तरबार्ता मा सोधिने प्रस्न र प्रभावकारी तरिकाले उत्तर दिन सक्नुहुनेछ। यो पोष्टमा कसरी प्रश्न सोधिन्छ उत्तर कसरी दिने उत्तर दिँदा के के चिज समावेश गर्ने भनेर हरेक प्रश्नको उत्तर दिँदा पोइन्ट हरु समावेश गरिएको छ जसबाट तपाइँले सजिलैसँग उत्तर दिनसक्नुहुन्छ अब हामी लागौ प्रश्न तिर। 



1. What are the duties and responsibilities of a cashier? Or What are the qualities of a good cashier? Or What are the responsibilities of a cashier?
एक cashier को कर्तव्य र जिम्मेवारी के हो?  
वा एक cashier को जिम्मेवारी के हो? 

यसमा तपाईले निम्न बुदाहरु लाई समावेश गरेर उत्तर दिन सक्नुहुन्छ। 

  • handeling cash :- हरेक दिन पैसाको कारोबार गर्नुपर्ने भएकोले पैसा राम्रोसँग लिन सक्ने हुनुपर्छ। 
  • product knowledge :- तपाईंलाई ग्राहकले सामानको बारेमा प्रश्न तथा जिज्ञासा व्यक्त गर्न सक्छन् तेसैले तपाईंले बेच्ने सामानको बारेमा तपाइँलाई थाहा हुनुपर्छ 
  • good customer service :- ग्राहकको सेवाको बारेमा राम्रो जानकार हुनुपर्छ। 

आदि जस्ता बुदाहरुलाई समावेश गरेर तपाईले उत्तर दिन सक्नुहुन्छ।

  • Ans:- Handling payments from customers, in the forms of cash, check, credit card, gift card, or store credit and Providing excellent, helpful service to customers, including responding to general inquiries about products, services, or store/business policies 
  • उत्तर:- ग्राहाकहरु बाट लिइने नगद, चेक, क्रेडिट कार्ड, उपहार कार्ड वा स्टोर क्रेडिट आदि कारोबार कुसलता पुर्वक सम्पन्न गर्ने र उत्कृष्ट सेवाहरु प्रदान गर्ने साथै उत्पादनहरु, सेवाहरु वा स्टोर/व्यापार नीतिहरुको बारेमा सामान्य सोधपुछको प्रतिक्रिया दिने आदि पर्दछन।

 2. Why do you believe you can be a good cashier?
Or Why do you think you can be a good cashier?
or why do you want be a cashier?
तपाइँ किन विश्वास गर्नुहुन्छ कि तपाइँ एक राम्रो cashier बन्न सक्नुहुन्छ?
वा तपाइँ किन सोच्नुहुन्छ कि तपाइँ एक राम्रो cashier बन्न सक्नुहुन्छ?
वा तपाइँ किन cashier बन्न चाहानुहुन्छ? 

यसमा तपाईले निम्न बुदाहरु लाई समावेश गरेर उत्तर दिन सक्नुहुन्छ। 

  • Friendly :- तपाई सबै ब्यक्ति प्रती मैत्रीपुर्ण भाब राख्नुहुन्छ। 
  • Doesn’t mind routine work :- तपाई एउटै काम गरिरहन सक्नुहुन्छ वा एउटै काम गरिरहदा वाक्क हुनुहुन्न
  • Previous experience:- तपाईंसङ यो काम गरेकोअनुभव छ 

आदि जस्ता बुदाहरुलाई समावेश गरेर तपाईले उत्तर दिन सक्नुहुन्छ। 

  • Ans:- I’ve been a cashier before and I enjoyed it. I like being able to interact with new people all the time and have gotten pretty good at handling a cash register.  
  • उत्तर:- म सँग cashier गरेको अनुभव छ, जुन काम मलाई मनपर्थ्यो। मलाई नयाँ मानिसहरू सँग  कुराकानी गर्न मनपर्छ र हरेक समय कुरा गरिरहेको हुन्छु भने म राम्रोसँग नगद कारोबार र हिसाब राख्न सक्दछु।

3. Being a cashier requires focus and attention to detail in order to prevent mistakes. How do you stay focused while on the job?
एक cashier लाई गल्तीहरु रोक्न को लागी बहुत ध्यानको आवश्यकता पर्छ।  तपाइँ कसरी काममा ध्यान केन्द्रित गर्नुहुन्छ/रहनुहुन्छ? 

यसमा तपाईले निम्न बुदाहरु लाई समावेश गरेर उत्तर दिन सक्नुहुन्छ। 

  •  Full attention :- तपाई आफ्नो पूरा ध्यान काममा लगाउनुहुन्छ।
  • Experience :- तपाईंलाई यो कामगर्ने बानी छ
  • Adaptable :- कुनैपनी काममा फिट हुन सक्नुहुन्छ। 

आदि जस्ता बुदाहरुलाई समावेश गरेर तपाईले उत्तर दिन सक्नुहुन्छ। 

  • Ans:- I make sure to stay focused on what I’m doing by giving my full attention to each customer I interact with. This way I can provide an excellent experience while preventing errors at the same time.
  • उत्तर:- म पहिला यो सुनिश्चित गर्छुकी म के गरिएको छु र के बोलिरहेको छु। हरेक बोलाइ र काममा म बिशेष ध्यान दिने गर्छु यही नै मेरो कर्तब्य हो भन्ने मानेर काम गर्दछु र गरेका हरेक कामहरू लाई चेकजाँच गर्दै हुनसक्ने गलती लाई पहिलेनै आकलन गरेर आफ्नो काममा फोकस राख्छु। हरेक दिन एकै काम भएकोेले गल्ती हुने सम्भावना कम हुन्छ। 

4. What Does Excellent Customer Service Mean to You?
Or In your opinion, how can a cashier provide excellent customer service?
तपाईंको विचारमा उत्कृष्ट ग्राहक सेवाको मतलब के हो?
वा तपाइँको बिचारमा कसरी एक cashier ले उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न सक्छ? 

यसमा तपाईले निम्न बुदाहरु लाई समावेश गरेर उत्तर दिन सक्नुहुन्छ। 

  •  Friendly environment :- मैत्रीपुर्ण वातावरण कुनैपनी ग्राहकले मन पराउछ।
  •  Demeanor(आचरण) :- ग्राहक खुशी हुने नहुने कुरा तपाईंको आचरणमा भरपर्छ।
  • Customer service :- ग्राहकलाई कस्तो सेवा प्रदान गर्दै हुनुहुन्छ उक्त सेवाले पनि भुमिका खेल्छ।
  • Recognize customer :- तपाईंले ग्राहकलाई पहिचान गर्नुभयो भनेपनी ग्राहक खुशी हुन सक्दछन। 

आदि जस्ता बुदाहरुलाई समावेश गरेर तपाईले उत्तर दिन सक्नुहुन्छ। 

  • I believe a cashier provides excellent customer service by engaging with each and every customer that they interact with. It’s their responsibility to ensure that a good impression of the business and its employees is made.
  • cashier ले कुनैपनी ग्राहकलाई कुरा गरेर र आवश्यक सहयोग गरेर उत्कृष्ट सेवा प्रदान गर्नसक्छ। मेरो विचारमा सबै ग्राहकहरुको इच्छा पूरागर्न र खुशी बनाउन त नसकियला तर हरेक ग्राहकको इच्छा पुरागर्ने र खुशी बनाउन सेकेसम्म प्रयास गर्नुनै उत्कृष्ट ग्राहक सेवा प्रदान गर्नु हो। 

5. Do You Prefer Working Alone or as a Part of a Team?  
तपाइँ एक्लै वा टीममा काम गर्न रुचाउनुहुन्छ?

यसमा तपाईले निम्न बुदाहरु लाई समावेश गरेर उत्तर दिन सक्नुहुन्छ। 

  • Team work :- टिममा काम गर्दा सबैभन्दा उत्कृष्ट नतिज दिन सकिन्छ।
  • Handeling capacity :- तपाईं एकजनाले जति काम गर्न सक्नुहुन्छ तेतिनै वा त्योभन्दा बदी काम टिमले गर्न सक्छ।
  • Believe in team :- तपाईं आफ्नो टिमको भरोसा गर्नुहुन्छ।
  • Responsible :- तपाई आफ्नो जिम्मेवारी पुरागर्न सक्षम हुनुहुन्छ।

आदि जस्ता बुदाहरुलाई समावेश गरेर तपाईले उत्तर दिन सक्नुहुन्छ। 

  • Ans:- I can work alone but working in a team gives better results.  That's why I like working in a team. 
  • उत्तर:- म एक्लै पनि काम गर्न सक्छु तर टिममा काम गर्दा अझ उत्कृष्ट नतिजा दिन सकिन्छ। तेसैले मलाई टिममा काम गर्न बेस्ट लाग्छ।

6. Describe your experience with cash-handling? तपाईंले गर्नुभएको नगद कारोबारको अनुभव बताउनुहोस्।

यसमा तपाईले निम्न बुदाहरु लाई समावेश गरेर उत्तर दिन सक्नुहुन्छ। 

  • Experience :- तपाईंसँग भएको अनुभव लाई तपाईंले यहाँ समावेश गर्न सक्नुहुन्छ यदि तपाईंसँग कुनैपनि अनुभव छ भने।
  • Handling capacity :- तपाईंसँग भएको यो क्षमतालाई तपाईंले यहाँ समावेश गर्न सक्नुहुन्छ।
  • Accuracy :- तपाईसँग भएको यो जसमा तपाईले कुनैपनि शुद्ध काम गर्न सक्नुहुन्छ जसलाई तपाईले यहाँ समावेश गर्न सक्नुहुन्छ।
  •  Attention :- कुनैपनि काम गर्दा आफ्नो काममा full focus यानिकी काममा पुरै ध्यान लगाउनु हुन्छ जसलाई तपाईंले यहाँ समावेश गर्न सक्नुहुन्छ।
  •  Flexibility :- flexibility यानिकी कुनै पनि ठाउँमा फिट हुन सक्ने क्षमता तपाईंको यो एउटा एकदम strong point हो त्यसैले तपाईले यसलाई पनि यहाँ समावेश गर्न सक्नुहुन्छ।
  •  Honesty :- तपाई एकदम इमान्दार हुनुहुन्छ यो पनि तपाईंको एउटा strong point हो त्यसैले तपाईले इमान्दारितालाई पनि समावेश गरेर उत्तर दिन सक्नुहुन्छ। 

आदि बुदाहरु लाई समावेश गरेर तपाईले उत्तर दिन सक्नुहुन्छ।

यदि तपाईंसँग कुनै अनुभव छैन भने तपाईले यसरी उत्तर दिन सक्नुहुन्छ। 

  • Ans:- This is my first job application, so I have no experience with cash handling. But I am sure I’ll learn to do it well in no time.  
  • उत्तर:- यो मेरो पहिलो काम हो, यो काम गरेको मसँग कुनैपनि अनुभव छैन तर म कुनै पनि काम छिट्टै सिक्न सक्छु। यदि तपाईले मलाई यो कामको लागि छान्नु भयो भने म मेरो तर्फबाट सबैभन्दा उत्कृष्ट नतिजा दिनेछु। 

यदि तपाईंसँग अनुभव छ भनेदेखि तपाईंले यसरी उत्तर दिन सक्नुहुन्छ। 

  • Ans:- I’ve worked with cash in my last job of a cashier in a restaurant. Accepting payments, ensuring that customer did not pay with a counterfeit bill, making sure that I give them back the correct change, and so on, formed my daily bread in work. And I enjoyed it.
  •  उत्तर:- मैले योभन्दा अघि एउटा रेस्टुरेन्टमा क्यासियर को काम गरिसकेको छु। यसअन्तर्गत मैले नगद भुक्तानी लिने लिएको नगदको फिर्ता दिने र गलत विलको जाँच गर्ने आदि जस्ता कार्यहरु गरेको छु र यो काम मलाई मनपर्छ। 


7. This job involves repetitive tasks. How do you stay motivated? यो काममा तपाईंले बारम्बार एउटै काम गरिरहनुपर्ने हुन्छ एउटै काम गरिरहँदा तपाईं कसरी उत्प्रेरित रहनुहुन्छ वा के तपाई एउटै काम बारम्बार गरिरहन सक्नुहुन्छ? 

यसमा तपाईले निम्न बुदाहरु लाई समावेश गरेर उत्तर दिन सक्नुहुन्छ। 

  • Elevate your workload :- सर्वप्रथम कामलाई सूचीबद्ध गर्दै सबैभन्दा गाह्रो काम सबैभन्दा पहिला र सबैभन्दा सजिलो काम विस्तारै गर्दै  जानु.   
  • Set a deadline :- कुनै पनि कामलाई निश्चित समय तोकेर समयभित्र सम्पन्न गर्नु। 
  •  Compete against yourself:- तपाईं कुनै पनि काममा जति अल्छी गर्नुहुन्छ यति नै हो तपाईलाई काम गर्न मन लाग्न छोड्छ त्यसैले आफूले आफूलाई नै प्रतिस्पर्धी बनाएर कुनै पनि कामलाई सम्पन्न गर्नु होला। 
  •  Take breaks :- कुनैपनि काम गरिरहँदा दिक्क लाग्नसक्छ त्यसैले समय समयमा सानो सानो break लिनुहोला.  

आदि बुदाहरु लाई समावेश गरेर तपाईले उत्तर दिन सक्नुहुन्छ।

  • Ans:- I enjoy having my routine, knowing exactly what I am responsible for each day. Task after task, hour after hour, time can fly pretty quickly when you are busy with work. I had repetitive jobs in the past, and motivation has never been an issue for me.
  • उत्तर:- मलाई यस्तो खाले बारम्बार एउटै काम गर्न मनपर्छ मेरो लागि जे तोकिएको हो उक्त काम मात्रै गर्न पाउँदा म खुसी हुन्छु जब काममा व्यस्तता हुन्छ तब समय छिट्टै बित्छ र यो भन्दा अघि पनि मैले यस्तै काम गरेको छु र उक्त काममा मैले कुनै पनि उत्प्रेरणा सँग सम्बन्धित समस्या वा दिक्क लागेको अनुभब गरिन। 

8. How Are You With Handling Money?
Or How comfortable do you feel receiving money and counting back change as a cashier? के तपाईं पैसाको कारोबार राम्रोसँग गर्न सक्नुहुन्छ? वा तपाई पैसा लिने र फिर्ता दिने कार्यमा कस्तो प्रस्तुति दिन सक्नुहुन्छ? 

यसमा तपाईले निम्न बुदाहरु लाई समावेश गरेर उत्तर दिन सक्नुहुन्छ।

  • Change Fund :- पैसाको कारोबार गर्दा सधै सुरुवातमा केही खुला पैसा  राख्नुहोला।  
  •  Set Up One Cashpoint :- पैसाको कारोबार गर्न एउटा निश्चित ठाउँलाई तय गर्नु होला र हुने सम्पूर्ण पैसाको कारोवार सोही ठाउँमा गर्नुहोला। 
  •   Cash box:- पैसालाई सधै कुनै एउटा झोलामा वा पैसाको लागि बाकसमा राख्नुहोला पैसालाई खाली ठाउँमा वा खासै ध्यान नपुग्ने ठाउँमा नछोड्नु होला। 
  •  Accountability :- पैसाको झोला भएको ठाउँमा विश्वास योग्य ब्यक्तिलाई वा आफ्नो उत्तरदायी साथीलाई राख्नुहोला।

आदि बुदाहरु लाई समावेश गरेर तपाईले उत्तर दिन सक्नुहुन्छ।

  • Ans:- “I have a couple of years of experience managing a cash register and have never encountered any shortages or other issues. I believe in the importance of handling money with integrity.  
  • मसँग क्यासियार गरेको थुप्रै सालको अनुभव छ र यो अनुभवमा मैले पैसाको अभाव वा अन्य कुनै समस्याको सामना गर्नु परेन र यदि इमान्दारिताका साथ कुनै काम गरिन्छ भने उक्त काममा कुनै समस्या आउँदैन भन्ने म ठान्दछु। 

9. What would you do if you had a slow day at work? How would you spend your time?
यदि तपाईंको बिजनेस राम्रोसँग चलेको छैन वा काममा तपाईंसँग प्रशस्त समय छ भने उक्त कामको सदुपयोग कसरी गर्नुहुन्छ? 

यसमा तपाईले निम्न बुदाहरु लाई समावेश गरेर उत्तर दिन सक्नुहुन्छ।

  •  Make a plan :- यदि तपाईंसँग थुप्रै समय छ भने तपाईं सोसियल मिडयामा वा इन्टरनेटमा समय बिताउनुहुन्छ त्यसैले उक्त बानी हटाउन को लागि तपाईंले कुनै एउटा योजना बनाउन सक्नुहुन्छ।
  •  Develop yourself:- तपाईंको काममा यदि तपाईले खाली समय पाउनुहुन्छ भने यो तपाईंको लागि एउटा अवसर हो उक्त समयमा तपाईले आफुले आफुलाई विकास गर्न सक्नुहुन्छ जस्तै कि तपाईंले नयाँ कामहरु सिक्न सक्नुहुन्छ वा कुनैपनि कौशललाई विकास गर्न सक्नुहुनछ।
  •  Get ahead:- तपाईले यो समयमा विभिन्न प्रशासनिक कार्यहरु गर्न सक्नुहुन्छ।
  • Build relationships :- तपाईले यस्तो समयमा आफ्नो साथीहरु सँग समय बिताउन सक्नुहुन्छ र सम्बन्ध मजबुत बनाउन सक्नुहुन्छ। 
  •  Take a break:- यो समयमा तपाईले बिदा, छुट्टी लिन सक्नुहुन्छ।

आदि बुदाहरु लाई समावेश गरेर तपाईले उत्तर दिन सक्नुहुन्छ।

  • Ans:- Slower times at work present an opportunity to enhance your entire life, if you take advantage of them. If you typically decline when colleagues ask you to join them for lunch, this is the time to say, “Yes!”  You can get to know your coworkers through lunch, coffee, or simply stopping by their office when you’re not rushed
  • उत्तर तपाईंको काममा यदि तपाईले खाली समय पाउनुहुन्छ भने यो तपाईंको लागि एउटा अवसर हो उक्त समयमा तपाईले आफुले आफुलाई विकास गर्न सक्नुहुन्छ जस्तै कि तपाईंले नयाँ कामहरु सिक्न सक्नुहुन्छ वा कुनैपनि कौशललाई विकास गर्न सक्नुहुनछ। तपाईले यस्तो समयमा आफ्नो साथीहरु सँग समय बिताउन सक्नुहुन्छ र सम्बन्ध मजबुत बनाउन सक्नुहुन्छ।

10. Tell Me About a Time You Delivered Excellent Service. तपाईंले ग्राहकलाई प्रदान गरेको सबैभन्दा उत्कृष्ट सेवा बारेमा बताउनुहोस्? 

यसमा तपाईले निम्न बुदाहरु लाई समावेश गरेर उत्तर दिन सक्नुहुन्छ। 

  •   Experience :- तपाईंले पूर्व काममा कुनै यस्तो अनुभव गर्नुभएको भए उक्त अनुभवलाई तपाईंलाई यहाँ व्यक्त गर्न सक्नुहुन्छ।  Y
  • Your best moment :- तपाईंको काममा भएको सबैभन्दा सम्झनालायक राम्रो क्षणलाई तपाईले यहाँ बताउन सक्नुहुन्छ 

आदि बुदाहरु लाई समावेश गरेर तपाईले उत्तर दिन सक्नुहुन्छ।

  • Ans:-  "I showed great customer service by having a great amount of product knowledge. I made sure that I was the product expert so that I could be a wealth of knowledge to my clients. I would never want to say "I don't know" to a customer. I will always find an answer if I don't already have one." 
  • उत्तर:- मसँग हामीसँग भएको सामग्रीको राम्रो जानकारी छ र मैले ग्राहकलाई प्रदान गर्ने सबैभन्दा राम्रो सेवा भनेको मसँग भएको जानकारी हो जसलाई मैले कुनै पनि ग्राहकलाई बताउन सक्दछु र कुनैपनि ग्राहकले मसँग प्रश्न गर्दा थाहा छैन भन्ने उत्तर दिनु पर्दैन र ग्रहण के चाहन्छन् भन्ने कुरा म पत्ता लगाउन जान्दछु र ग्राहकलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी प्रदान गर्दछु यसैलाई मैले प्रदान गरेको सबैभन्दा राम्रो ग्राहक सेवा भन्ने ठान्दछु।
Fresher

  • Ans:- This is my first job application in retail, so I haven’t had a chance yet to deliver an excellent service to the customers. But I understand what it means, to deliver such a service. It means to pay our attention to every move and gesture of the customer, to basically read from their lips, to try our best to help them make reasonable shopping decisions. And more than anything else, they should feel welcome and heard out while in the store. And I understand how crucial it is to deliver such a service in this competitive landscape. I will try to do so every time.

11. A customer tries to combine two offers that cannot be combined. How would you handle it? कुनै पनि ग्राहकले अफरमा लागेको दुईवटा सामानलाई एकमुष्टमा लैजान खोज्छन् वा दुईवटा अफरलाई एउटै बनाउन खोज्छन् भने तपाइ यो अवस्थामा के गर्नुहुन्छ। 

  • Ans:- Frist thing listen carefully to the customer what they are looking for, then explain them that this two offers are totally different from each others, it cannot be combined because this offers are only on selected items.  
  • उत्तर:- सर्वप्रथम मा राम्रोसँग सुन्नेछु ग्रहाक के भन्न खोजिरहेका छन् वा के खोजिरहेका छन् त्यस पश्चात राम्रोसँग बताउनेछु यी दुई अफरहरु फरकफरक छन् यो दुईवटा अफरहरु विशेष सामानहरुमा मात्र छ त्यसैले उक्त सामानलाई तपाईले कम्बाइन गर्न सक्नुहुन्न। 

12. A customer wishes to return an item for a refund. What procedure do you follow?
कुनै ग्राहाक सामान फिर्ता गर्न चाहन्छ र उक्त सामानको भुक्तानी लिन चाहन्छ यस्तो अवस्थामा तपाईंले के प्रक्रिया अपनाउनु हुन्छ?

यसमा तपाईले निम्न प्रक्रिया अपनाउन सक्नुहुन्छ। 

  • Step 1: छिट्टै प्रतिक्रिया जनाउनु:-  कुनै पनि ग्राहकले पैसा फिर्ता लिन चाहन्छ भने तपाईंले सबैभन्दा सुरुमा उक्त कुरामा प्रतिक्रिया जनाउन जरुरि हुन्छ किनकि तपाईंको ग्रहक पहिले नै असन्तुष्ट छ। 
  • Step 2: तपाईंले जाँच गर्न सक्नुहुन्छ:-  ग्राहकले सामान कहिले लग्यो किन फिर्ता गर्न चाहिरहेको छ आदि कुरालाई जाँच गर्न सक्नुहुन्छ।
  • Step 3: धन वापसी नीति :- यदि तपाईंसँग कुनैपनि धन वापसी नीति छ भनेदेखि तपाईंले उक्त नीतिलाई पछ्याउन सक्नुहुन्छ। 
  • Step 4: धन वापस नगर्ने तरिका :- तपाईंले यस्तो अवस्थामा कुनै उपाय लगाउन सक्नुहुन्छ जस्तै कि कुनै ग्राहकलाई उक्त सामान मन नपरेको हुनसक्छ उक्त सामानको बदलामा तपाईंले अन्य कुनै सामान वा कुनै सेवा ग्राहकलाई दिन सक्नुहुन्छ जसबाट ग्राहक खुसी हुन सक्छन् तपाईंले यस्ताे अवस्थामा ग्राहकलाई खुसी बनाएर पठाउनुपर्ने हुन्छ। 
  • Step 5: उपयुक्त विधि :- यदि कुनै पनि ग्राहक तपाईंको धन वापसी नीति प्रति सहमत छैन वा उक्त नीति प्रति तपाईंको ग्राहक खुसी भएनन् भने तपाईले यसतो अवस्थामा उक्त ग्राहकलाई पैसा फिर्ता गर्नु नै सबैभन्दा राम्रो उपाय हो यदि तपाईंले यस्तो नगर्नु भएको खण्डमा उक्त ग्राहकको कारण तपाईले अन्य थुप्रै ग्राहकहरु पनि गुमाउन सक्नुहुन्छ।
  • Step 6: प्रतिक्रिया:-  तपाइँले उक्त समस्या समाधान गरे पश्चात ग्राहकसँग प्रतिक्रिया लिन नभुल्नुहोला। 

  • Ans:- If you will refund their money, apologize briefly for their unhappiness and tell them when and how they’ll receive the refund. Send the money back right away. Whatever you do, do not charge a refund fee. Customers find that infuriating. 
  • उत्तर:- तपाईंले ग्राहकलाई पैसा फिर्ता गर्दै हुनुहुन्छ भने ग्रहको असुविधाप्रति खेद प्रकट गर्न नभुल्नुहोला, यसपश्चात ग्राहकले उक्त पैसा कहाँ कहिले र कुन माध्यमबाट फिर्ता पाउँछन् बताउन नभुल्नुहोला तपाईंले ग्रहलाई कुनैपनि फिर्ता शुल्क नलगाउनु होला।

13. A customer has a question, but you don’t know the answer. What are your next steps?
तपाईलाई ग्राहाकले प्रश्न सोध्यो र उक्त प्रश्नको जवाफ तपाइँसँग छैन भने तपाईले यसतो अवस्थामा के गर्नुहुन्छ ? 

यसमा तपाईले निम्न बुदाहरु लाई समावेश गरेर उत्तर दिन सक्नुहुन्छ। 

• Be Honest :- ग्राहकलाई इमान्दारिताका साथ तपाईले बताउन सक्नुहुन्छ तर तपाईंले मलाई थाहा छैन वा थाहा भएन भनेर नभन्नु होला यसको बारेमा म तपाईलाई सम्पूर्ण जानकारी बताउने छु केही समय प्रतिक्ष्या गर्नुहोला भनेर भन्न सक्नुहुन्छ वा तपाईंको कुनै पनि सिनियर व्यक्ति वा उक्त विषयमा जानकार व्यक्तिलाई बोलाउन सक्नुहुन्छ। 

• Don't Make Stuff Up:- थाहा नभएको कुरामा जथाभावी बोलेर वा उक्त चिजमा भएको भन्दा बढी चीज बताएर ग्राहाललाई दुविधामा नपार्नु होला। 

• Search For Answers :- ग्राहकहरुले सोध्ने सम्भाबित प्रश्नहरूको उत्तर तयारीका साथ रहनुहोला 

• Give the Customer An Estimated Wait Time :- यदि तपाईले कुनै ग्राहकलाई प्रतिक्षाको लागि भन्नुभएको छ भने उक्त ग्राहकलाई लगभग लाग्ने समय बताउनु होला 

• Inform the Customer :- जानकारी थाहा पाए पश्चात तपाईंले आएर ग्राहकलाई बताउन सक्नुहुन्छ। 

• Close Gracefully :- तपाईले यसरी अत्यन्त सुन्दर तरिकाले ग्राहकहरुलाई खुसी बनाएर पठाउन सक्नुहुन्छ।

आदि बुदाहरु लाई समावेश गरेर तपाईले उत्तर दिन सक्नुहुन्छ।

  • Ans:- I Never say, "I don't know." Instead I say "I will be right back with the information you asked for."If anyone objects, I will tell them that if they would prefer, they can hold or go sit over there while i ask my supervisor to help them as soon as he/she is free. That is a good way to get people to cool their, because they know it is better to be patient with you than to wait for the supervisor. 
  • उत्तर:- ग्राहकलाई इमान्दारिताका साथ तपाईले बताउन सक्नुहुन्छ तर तपाईंले मलाई थाहा छैन वा थाहा भएन भनेर नभन्नु होला यसको बारेमा म तपाईलाई सम्पूर्ण जानकारी बताउने छु केही समय प्रतिक्ष्या गर्नुहोला भनेर भन्न सक्नुहुन्छ वा तपाईंको कुनै पनि सिनियर व्यक्ति वा उक्त विषयमा जानकार व्यक्तिलाई बोलाउन सक्नुहुन्छ।थाहा नभएको कुरामा जथाभावी बोलेर वा उक्त चिजमा भएको भन्दा बढी चीज बताएर ग्राहाललाई दुविधामा नपार्नु होला।ग्राहकहरुले सोध्ने सम्भाबित प्रश्नहरूको उत्तर तयारीका साथ रहनुहोला

14. You receive a Rs.100 bill for an order totaling Rs.20.60 How would you add up the change? 
तपाईंको ग्रहले 20 रुपैयाँ 60 पैसा को सामान किन्न १०० रुपैयाँको नोट दियो भने तपाईंले कसरी खुला फिर्ता गर्नुहुन्छ। 

• सही हिसाब :- तपाईंले पैसा कसरी फिर्ता गर्नुपर्छ भनेर थाहा पाउन जरुरी हुन्छ सामान्य अवस्थामा एकएक नियम हामी सबैले पढेकै हुन्छ त्यसै मार्फत पनि तपाईले फिर्ता गर्न सक्नुहुन्छ भने सामान्य हिसाब राख्न जान्ने व्यक्तिलाई यस्मा फरक पर्दैन। 

• छिट्टै उत्तर :- तपाईं क्यासियर को काम गर्दै हुनुहुन्छ भने सामान्यरुपमा तपाईंलाई विभिन्न सामानको मुल्य थाहा नै हुन्छ र तपाईंले दैनिकरुपमा गरिरहनुभएको कार्यले तपाईंलाई खुल्ला फिर्ता दिन धेरै सहयोग गर्छ। तपाईले यस्तो फिर्ता दिइरहनु हुन्छ र तपाईंलाई उक्त सामान लिएर कुनै निश्चित रुपैयाँ दिदा कति फिता दिनुपर्छ भन्ने थाहा हुन्छ। 

  • Ans:- I would give them back a Rs.50 bill,  a Rs.20 bills, a Rs.5, two Rs.1 and 40 paisa for a total of Rs. 79.40
  •  उत्तर:- मा एउटा ५० रुपैयाँ को नोट, एउटा २० रुपैयाँ को नोट, एउटा ५ रुपैयाँ को नोट र २ वटा एक एक को नोट र ४० पैसा गरेर जम्मा ७९ रुपैयाँ ४० पैसा फिर्ता गर्छु।

15. What is considered cash handling?
Cash handling भनेको के हो? 

  • Ans:- Cash handling is considered to be the act of giving and receiving money (in cash format) in a business. 
  • उत्तर:- नगद ह्यान्डलिंग एक व्यवसाय मा पैसा (नगद ढाँचामा) दिने र प्राप्त गर्ने कार्य मानिन्छ। 

तपाईलाई यो पोस्ट कस्तो लाग्यो सल्लाह सुझाब तथा प्रतिक्रिया भए कमेन्ट बक्समा बताउन नभुल्नुहोला र हाम्रो यो वेबसाइटलाई फलो गर्न नभुल्नुहोला।

Post a Comment

Previous Post Next Post