नेपाल प्रहरीमा 18 बर्ष पुगेका र 35 बर्ष न नागेका ब्यक्ति हरुले दर्खास्त फारम भर्न पाउछन्।
नेपाल प्रहरीमा जनपथ र प्राबिधिक गरि दुई समुहमा प्रत्येक बर्ष भर्ना खुलाउने गर्दछ। जस अन्तर्गत जनपथ प्रहरीको लागि 18 बर्ष पूरा भइ 25 बर्ष ननागेका ब्यक्ति हरुले दर्खास्त फारम भर्न पाउँछन् भने प्राबिधिक तर्फ 18 बर्ष पूरा भइ 35 बर्ष न नागेको ब्यक्ति हरुले दर्खास्त फारम भर्न पाउँछन्।
जनपथ समुहमा भर्ना खुल्ने पदहरुमा प्रहरी निरीक्षक(inspector), प्रहरी सहायक निरीक्षक (asi), प्रहरी जवान (Police Constable) र प्रहरी कर्यालय सहयोगी दर्ज्यानी चिन्न बिहिन मात्र भर्ना खुल्नेगर्छ
प्राबिधिक तर्फ प्रहरी नायब उपरीक्षक(DYSP), प्रहरी निरीक्षक(inspector), प्रहरी नायब निरीक्षक(si), प्रहरी साहायक निरीक्षक(Asi) र प्रहरी जवान (Police Constable)
जनपथ तर्फ
१. Police Inspector प्रहरी निरीक्षक
न्युनतम योग्यता
क) शैक्षिक योग्यता : मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको । Minimum Bachelor Level Passed
ख) नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजाय नपाएको
ग) मानव अधिकार र मानवीय कानुनको उल्लङ्घनमा सजाय नपाएको
घ) राजनीतिक दलको सदस्य नरहेको
ङ) आतङ्ककारी संगठनको सदस्य नरहेको
च) उचाई , छाती र तौल ( क ) पुरुषः उचाई घटीमा ५ फिट २ इन्च , छाती ३१-३३ , तौल ५० के जी । (ख) महिला उचाई घटीमा ५ फिट , तौल ४२ केजी
छ) आखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको
ज) प्रहरी प्रधान कार्यालयबाट तोकिएको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको ( परीक्षा सञ्चालनको क्रममा हुने )
झ) नेपाली नागरिक
Police inspector age limit
- प्रहरी निरीक्षक उमेर हद . दरखास्त फाराम दता गर्ने अन्तिम मितिसम्म २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको , तर खुला प्रतियोगितामा भाग लिने प्रहरी सेवाको राजपत्र अनङ्कित प्रहरी कर्मचारीको हकमा ३५ वर्ष ननाघेको र प्रहरी जवान वा प्रहरी अधिकृत आधारभूत तालिम गरेको प्रमाण - पत्र पेश गर्न पर्नेछ ।
- प्राविधिक प्रहरी कर्मचारीहरुको हकमा प्रहरी नियमावली , २०७१ संशोधन सहित ) प्रारम्भ हुनु भन्दा अगाडी कायम रहेको प्राविधिक प्रहरी नियमावली , २०५८ बमोजिम नियुक्ति भएको वा प्रहरी नियमावली , २०७१ संशोधन सहित ) बमोजिम प्राविधिक प्रहरी समूहमा नियुक्ति पाएको प्रहरी कर्मचारीले जनपद प्रहरी समूह तर्फका प्रहरी सहायक निरीक्षक पदको उम्मेदवारको लागि तोकेको उमेर हद भित्र सेवा प्रवेश गरेको भएमा जनपद प्रहरी समूह तफको प्रहरी निरीक्षक पदमा खुला प्रतिष्पर्धा गर्न सक्नेछ ।
- बहालवाला श्रेणी विहीन प्रहरी कर्मचारीको हकमा प्रहरी नियमावली , २०७ संशोधन सहित को नियम ४० बमोजिम २५ वर्ष ननाघेको हुनु पर्नेछ
२. Assistant Sub - Inspector (ASI) प्रहरी सहायक निरीक्षक
न्यूनतम योग्यता
क) शैक्षिक योग्यता :- मान्यता प्राप्त विश्वविद्यालयबाट प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको। Minimum +2 Level Passed।
ख) नैतिक पतन देखिने कनै फौजदारी अभियोगमा सजाय नपाएको
ग) मानव अधिकार र मानवीय कानुनको उल्लङ्घनमा सजाय नपाएको
घ) राजनीतिक दलको सदस्य नरहेको
ङ) आतङ्ककारी संगठनको सदस्य नरहेको
च) उचाई , छाती र तौल ( क ) पुरुषः उचाई घटीमा ५ फिट २ इन्च , छाती ३१-३३ , तौल ५० के जी । (ख) महिला उचाई घटीमा ५ फिट , तौल ४२ केजी
छ) आखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको
ज) प्रहरी प्रधान कार्यालयबाट तोकिएको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको ( परीक्षा सञ्चालनको क्रममा हुने )
झ) नेपाली नागरिक
प्रहरी सहायक निरीक्षक उमेर हद
- दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई २४ वर्ष ननाघको तर खुला प्रतियोगितामा भाग लिने प्रहरी सेवाको राजपत्र अनङ्कित प्रहरी कर्मचारीको हकमा ३५ वर्ष ननाघेको र प्रहरी जवान आधारभुत तालिम गरको प्रमाण - पत्र पेश गर्न पर्नेछ ।
- बहालवाला श्रेणी विहीन प्रहरी कर्मचारीको हकमा प्रहरी नियमावली , २०७१ संशोधन सहित को नियम ४० बमोजिम २५ वर्ष ननाघेको हुनु पर्नेछ प्रहरी सहायक निरीक्षक
३. Police Constable प्रहरी जवान
न्युनतम योग्यता :
क) न्यूनतम शैक्षिक योग्यता :- कम्तीमा ८ (आठ)कक्षा वा सो सरह उत्तीर्ण गरेको Minimum 8 Class Passed.
ख) नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजाय नपाएको
ग) मानव अधिकार र मानवीय कानुनको उल्लङ्घनमा सजाय नपाएको
घ) राजनीतिक दलको सदस्य नरहेको
ङ) आतङ्ककारी संगठनको सदस्य नरहेको
च) उचाई , छाती र तौल ( क ) पुरुषः उचाई घटीमा ५ फिट २ इन्च , छाती ३१-३३ , तौल ५० के जी । (ख) महिला उचाई घटीमा ५ फिट , तौल ४२ केजी
छ) आखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको ज) प्रहरी प्रधान कार्यालयबाट तोकिएको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको ( परीक्षा सञ्चालनको क्रममा हुने )
झ) नेपाली नागरिक
प्रहरी जवान उमेर हद | age limit of police constable
- दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई २३ वर्ष ननाघेको । . बहालवाला श्रेणी विहीन प्रहरी कर्मचारीको हकमा प्रहरी नियमावली , २०७१ (सशोधन सहित ) को नियम ४० बमोजिम २५ वर्ष ननाघेको हुनु पर्नेछ ।
४. Police Office Assistant प्रहरी कर्यालय सहयोगी
न्युनतम योग्यता :
क) न्यूनतम शैक्षिक योग्यता :- साधारण लेखपढ गर्न जानेको Know to Read and Write
ख) नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजाय नपाएको
ग) मानव अधिकार र मानवीय कानुनको उल्लङ्घनमा सजाय नपाएको
घ) राजनीतिक दलको सदस्य नरहेको
ङ) आतङ्ककारी संगठनको सदस्य नरहेको
च) उचाई , छाती र तौल ( क ) पुरुष उचाई घटीमा ५ फिट , छाती ३१-३३ , तौल ५० के.जी. ( ख ) महिला उचाई घटीमा ४ फिट १० ईन्ध , तौल ४२ के.जी.
छ) आखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको
ज) प्रहरी प्रधान कार्यालयबाट तोकिएको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको ( परीक्षा सञ्चालनको क्रममा हुने )
झ) नेपाली नागरिक
- खेलाडी को हकमा राष्ट्रिय खेलकुद परिषद र राष्ट्रिय खेलकुद परिषदवाट मान्यता प्राप्त संघको राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक प्राप्त गरेको वा दक्षिण एसियाली , एसियाली र ओलम्पीक खेलमा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेको वा युथ १६ , १८ र १ ९ प्रतियोगिताहरुमा सहभागी भई पदक प्राप्त गरेको वा अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेको प्रमाण पत्र पेश गर्न पर्नेछ ।
प्रहरी कर्यालय सहयोगि उमेर हद
- दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई २५ वर्ष ननाघेको।
प्राविधिक तर्फ
१. Deputy Superintendent of Police ( DSP ) प्रहरी नायब उपरीक्षक
आवश्यक न्युनतम योग्यता
क) नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजाय नपाएको
ख) मानव अधिकार र मानवीय कानुनको उल्लङ्घनमा सजाय नपाएको
ग) राजनैतिक दलको सदस्य नरहेको
घ) आतत्रकारी संगठनको सदस्य नरहेको
ङ) उचाई , झती र तौल ( क ) पुरुष - उचाई घटीमा ५ फिट २ इन्च , छाती ३१-३३ इन्च, तौल ५० के.जी. (ख) महिला- उचाई घटीमा ५ फिट , तौल कम्तीमा ४२ के.जी
च) आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको
छ) प्रहरी प्रधान कापालयबाट तोकिएको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको। (परीक्षा सञ्चालनको क्रममा हुने)
ज) नेपाली नागरिक ।
झ) न्युनतम शैक्षिक योग्यता
अ) नेपाल प्रहरी अस्पताल तर्फ :-
- प्राविधिक प्रहरी नायब उपरीक्षक (MS Surgery):- त्रि वि वि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट ISc वा सो सरह उत्तीण गरी MBBS पश्चात् Surgery मा M.S. वा सो सरह उत्तीर्ण गरि नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञता दर्ता भएको हुनुपर्दछ।
- प्राविधिक प्रहरी नायब उपरीक्षक (MD General Practice):- त्रि.वि.वि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट I.Sc. वा सो सरह उत्तीर्ण गरी MBBS पश्चात् General ( MD General Practice ) Practice मा M.D. वा सो सरह उत्तीर्ण गरि नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञता दर्ता भएको ।
Deputy Superintendent of Police ( DSP ) प्रहरी नायब उपरीक्षक Required Age
: Between 23 to 35 Year
२. Police Inspector प्रहरी निरीक्षक
न्युनतम योग्यता :
अन्य योग्यताको हकमा प्रहरी नायब उपरीक्षकको क देखि ज सम्मको योग्यता पूरा भएको हुनुपर्छ।
शैक्षिक योग्यता
अ) नेपाल प्रहरी अस्पताल तर्फ :-
- प्राविधिक प्रहरी निरीक्षक (मेडिकल अफिसर एम.बि.बि.एस. ) :- त्रि.वि.वि.वा मान्यता प्राप्त शिक्षण संस्थाबाट I.Sc. वा सो सरह उत्तीर्ण गरि MBBS वा सो सरह उत्तीर्ण गरि नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञता दर्ता भएको
- प्राविधिक प्रहरी निरीक्षक(डेन्टल अधिकृत) :- त्रि.वि.वि.वा मान्यता प्राप्त शिक्षण संस्थाबाट I.Sc. वा सो सरह उत्तीर्ण गरि BDS वा सो सरह उत्तीर्ण गरि नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञता दर्ता भएको
- प्राविधिक प्रहरी निरीक्षक ( फिजियोथेरापिष्ट ) :- त्रि.वि.वि.वा मान्यता प्राप्त शिक्षण संस्थाबाट फिजियोथेरापी विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरि नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको ।
आ) नेपाल प्रहरी सञ्चार निर्देशनालय तर्फ :-
- प्राविधिक प्रहरी निरीक्षक ( सञ्चार ) :- मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषय ( Electronics & Communication Engineering मा स्नातक तह उत्तीर्ण गरि सम्बन्धित इन्जिनियरिङ परिषदमा दर्ता भएको ।
इ) नेपाल प्रहरी सूचना प्रविधि निर्देशनालय तर्फ :-
- प्राविधिक प्रहरी निरीक्षक ( सूचना प्रविधि कम्प्युटर ) :- मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तिमा इन्जिनियरिङ स्नातक तह उत्तीर्ण गरि सम्बन्धित इन्जिनियरिङ परिषदमा दर्ता भएको वा सम्बन्धित विषयमा कम्तिमा स्नातक तह ( ४ वर्षे ) उत्तीर्ण गरेको वा सम्बन्धित विषयमा कम्तिमा स्नातक तह ( ३ वर्षे ) उत्तीर्ण गरि सम्बन्धित विषयमा मान्यता प्राप्त संस्थाबाट ६ महिना सर्टिफाइड तालिम प्राप्त गरेको
ई) नेपाल प्रहरी भौतिक पूर्वाधार निर्देशनालय तर्फ :-
- प्राविधिक प्रहरी निरीक्षक ( सिभिल इन्जिनियर) :- मान्यता प्राप्त शिक्षण संस्थाबाट B.E. in Civil Engineering उत्तीर्ण गरि सम्बन्धित इन्जिनियरिङ परिषदमा दर्ता भएको ।
उ) नेपाल प्रहरी सवारी महाशाखा तर्फ :-
- प्राविधिक प्रहरी निरीक्षक(अटोमोबाइल इन्जिनियर) :- मान्यता प्राप्त शिक्षण संस्थाबाट वि.ई. अटोमोबाईल / मेकानिकल विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित इन्जिनियरिङ परिषदमा दर्ता भएको।
ऊ) नेपाल प्रहरी केनाइन महाशाखा :-
- प्राविधिक प्रहरी निरीक्षक (भेटेरिनरी) :- मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा भेटेरिनरी विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरि नेपाल पशु चिकित्सा परिषदमा दर्ता भएको
ए) नेपाल प्रहरी हातहतियार मर्मत शाखा तर्फ :-
- प्राविधिक प्रहरी निरीक्षक ( जनरल मेकानिकल इन्जिनियर ) :- मान्यता प्राप्त शिक्षण संस्थाबाट B.E. in General Mechanical वा सो सरह उत्तीर्ण गरि सम्बन्धित इन्जिनियरिङ परिषदमा दर्ता भएको ।
ऐ) नेपाल प्रहरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला तर्फ :-
- प्राविधिक प्रहरी निरीक्षक ( रसायन) :- मान्यता प्राप्त शिक्षण संस्थाबाट रसायन विज्ञान वा बिधि विज्ञान मुख्य विषय लिई स्नातक तह उत्तीर्ण गरेको ।
- प्राविधिक प्रहरी निरीक्षक (फिङगरप्रिन्ट ) :- मान्यता प्राप्त शिक्षण संस्थाबाट भौतिक विज्ञान वा रसायन विज्ञान वा जीव विज्ञान बिधि विज्ञान मुख्य विषय लिई स्नातक तह उत्तीर्ण गरेको ।
Police Inspector प्रहरी निरीक्षक Required Age
: Between 20 to 32 Year
३. Senior Sub - Inspector ( SI ) प्रहरी नायब निरीक्षक
अन्य योग्यताको हकमा प्रहरी नायब उपरीक्षकको क देखि ज सम्मको योग्यता पूरा भएको हुनुपर्छ।
अ) नेपाल प्रहरी अस्पताल तर्फ :-
- प्राविधिक प्रहरी नायब निरीक्षक ( स्टार्फ नर्स) :- त्रि.वि.वि.वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नसिङ्ग विषयमा न्यूनतम प्रमाण पत्र तह उत्तीर्ण गरि नेपाल नर्सिङ्ग काउन्सिलमा दर्ता भएको
- प्राविधिक प्रहरी नायव निरीक्षक ( अप्थाल्मिक असिष्टेन्ट ) :- त्रि.वि.वि. वा मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा ( Ophthalmic Science ) मा प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरि सम्बन्धित काउन्सिलमा दर्ता भएको
- प्राविधिक प्रहरी नायव निरीक्षक ( अडियोमेट्रिसियन) त्रि.वि.वि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट HA वा सो सरह उत्तीर्ण गरि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३ (तीन) महिना अडियोमेट्री सम्बन्धी तालिम गरेको र सम्बन्धित परिषदमा दर्ता भएको
आ) नेपाल प्रहरी सञ्चार निर्देशनालय तर्फ :-
- प्राविधिक प्रहरी नायव निरीक्षक ( सञ्चार ) मान्यता प्राप्त शिक्षण संस्थाबाट SLC / SEE उत्तीर्ण गरि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषय ( Electronics & Communication Engineering ) मा कम्तिमा ३ ( तीन ) वर्षे कोर्ष पूरा गरेको वा प्रमाण - पत्र तह उत्तीर्ण गरेको वा सो सरहको उपाधि हासिल गरेको ।
इ) नेपाल प्रहरी सूचना प्रविधि निर्देशनालय तर्फ :-
- प्राविधिक प्रहरी नायव निरीक्षक ( सूचना प्रविधि कम्प्युटर) :- मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तिमा इन्जिनियरिङमा डिप्लोमा गरेको ।
ई) नेपाल प्रहरी भौतिक पूर्वाधार निर्देशनालय तर्फ :-
- प्राविधिक प्रहरी नायव निरीक्षक ( सिभिल ओभरसियर) :- मान्यता प्राप्त शिक्षण संस्थाबाट Diploma in Civil Engineering उत्तीर्ण गरेको ।
- प्राविधिक प्रहरी नायव निरीक्षक ( आर्किटेक्चर ) मान्यता प्राप्त शिक्षण संस्थाबाट Diploma in Architecture उत्तीर्ण गरेको ।
- प्राविधिक प्रहरी नायव निरीक्षक (सर्भे) :- मान्यता प्राप्त शिक्षण संस्थाबाट Diploma in Survey Engineering उत्तीर्ण गरेको ।
उ) नेपाल प्रहरी सवारी महाशाखा तर्फ :-
- प्राविधिक प्रहरी नायव निरीक्षक (अटोमोबाईल ओभरसियर ) :- मान्यता प्राप्त शिक्षण संस्थाबाट अटोमोबाईल इन्जिनियरिङ विषयमा प्रमाण पत्र तह ( डिप्लोमा ) उत्तीर्ण गरेको ।
ऊ) नेपाल प्रहरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला तर्फ :-
- प्राविधिक प्रहरी नायव निरीक्षक ( रसायन ) :- मान्यता प्राप्त शिक्षण संस्थाबाट जीव विज्ञान वा भौतिक विज्ञान मुख्य विषय लिई प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको ।
- प्राविधिक प्रहरी नायव निरीक्षक ( बायोलोजी) :- मान्यता प्राप्त शिक्षण संस्थाबाट जीव विज्ञान मुख्य विषय लिई प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको ।
- प्राविधिक प्रहरी नायव निरीक्षक ( फिङगरप्रिन्ट ) :- मान्यता प्राप्त शिक्षण संस्थाबाट भौतिक विज्ञान वा जीव विज्ञान मुख्य विषय लिई प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको
Senior Sub - Inspector ( SI ) प्रहरी नायब निरीक्षक Required Age
: Between 18 to 30 Year
४. Assistant Sub - Inspector ( ASI ) प्रहरी साहायक निरीक्षक
अ) नेपाल प्रहरी अस्पताल तर्फ :-
- प्राविधिक प्रहरी सहायक निरीक्षक ( फिजियोथेरापी असिष्टेन्ट ) :- SLC / SEE उत्तीर्ण पश्चात् मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा १५ महिना सि.एम.ए. / ए.एन.एम . उत्तीर्ण गरि सम्बन्धित परिषदमा दर्ता भएको र फिजियोथेरापी सम्बन्धी कम्तीमा ३ महिना तालीम प्राप्त ।
- प्राविधिक प्रहरी सहायक निरीक्षक ( डेन्टल हाईजिनिष्ट) :- SLC / SEE उत्तीर्ण पश्चात् मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा १५ महिना सम्बन्धित विषयमा तालीम लिई सम्बन्धित परिषदमा दर्ता भएको
- प्राविधिक प्रहरी सहायक निरीक्षक ( ल्याब असिष्टेन्ट ) :- SLC / SEE उत्तीर्ण पश्चात मान्यता प्राप्त शिक्षण संस्थाबाट ल्याव सहायक ( Lab Assistant ) उत्तीर्ण गरि सम्बन्धित परिषदमा दर्ता भएको ।
- प्राविधिक प्रहरी सहायक निरीक्षक(सि.एम.ए) :- SLC / SEE उत्तीर्ण पश्चात मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा १५ महिना सि एम . ए . उत्तीर्ण गरि सम्बन्धित परिषदमा दर्ता भएको
आ) नेपाल प्रहरी सञ्चार निर्देशनालय तर्फ :-
- प्राविधिक प्रहरी सहायक निरीक्षक ( सञ्चार ) :- मान्यता प्राप्त शिक्षण संस्थाबाट SLC / SEE उत्तीर्ण गरि सम्बन्धित विषय ( Electronics वा Telecommunication ) मा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद वा सो सरहको संस्थाबाट कम्तिमा १८ ( अठार ) महिने कोर्ष पूरा गरेको वा सो सरहको उपाधि हासिल गरेको ।
इ) नेपाल प्रहरी सूचना प्रविधि निर्देशनालय तर्फ :-
- प्राविधिक प्रहरी सहायक निरीक्षक ( सचना प्रविधि / कम्प्यूटर ) :- मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा प्रमाण पत्र तह उत्तीर्ण गरेको र सम्बन्धित विषयमा मान्यता प्राप्त संस्थाबाट ३ महिनाको तालिम प्राप्त गरेको ।
ई) नेपाल प्रहरी केनाइन महाशाखा :-
- प्राविधिक प्रहरी सहायक निरीक्षक (भेटेरिनरी) :- मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा भेटेरिनरी विषयमा जे . टी.ए. उत्तीर्ण गरेको ।
उ) नेपाल प्रहरी हातहतियार मर्मत शाखा तर्फ :-
- प्राविधिक प्रहरी सहायक निरीक्षक (जुनियर मेकानिक्स):- मान्यता प्राप्त शिक्षण संस्थाबाट SLC / SEE उत्तीर्ण गरि १८ महिनाको General Mechanics कोर्ष पुरा गरेको वा सो सरहको योग्यता हासिल गरेको ।
Assistant Sub - Inspector ( ASI ) प्रहरी साहायक निरीक्षक Required Age
: Between 18 to 28 Year

Post a Comment