तपाईंको परिचय दिनुहोस् ||tell me about yourself interview in nepali

तपाईंको परिचय दिनुहोस् || tell me about yourself interview in nepali 

यदि तपाई अन्तरवार्ताको तयारी गर्दै हुनुहुन्छ वा अन्तरवार्तामा जाँदै हुनुहुन्छ भने प्रया सबै अन्तरवार्तामा सोधिने पहिलो प्रश्न तपाईंको परिचय हो। यो प्रश्नको सुरुवात तपाईंको परिचय दिनुहोस् , तपाईंको परिचय बाट सुरु गर्न चाहे वा तपाईंको बारेमा बताउनुहोस् भनेर गरिन सक्छ। 


समग्रमा यो एउटा प्रश्न र यसको उत्तरले 70% अन्तरवार्ता पास गराउने वा नगराउने भन्ने कुरा जनाउँदछ।


यो प्रश्नमा अन्तरवार्ताकार खासै उत्साहित हुँदैन किनकि तपाईंको cv यानिकी व्यक्तिगत विवरण अन्तरवार्ता कार सँग पहिले नै छ। तपाईंको बारेमा अन्तरवार्ता कारलाई सबै कुरा थाहा छ तैपनि अन्तरवार्ता कारले तपाईंलाई आफ्नो बारेमा बताउनुहोस् भनेर प्रश्न गर्दा यो तपाईंको लागि एउटा ठूलो अवसर हुनसक्छ वा यो प्रश्नबाट तपाईंको पुरै अन्तरवार्ताको मूल्याङ्कन हुन सक्छ तपाईंले बुझ्नैपर्ने कुरा भनेको के हो भने जब तपाईं कुनै पनि व्यक्तिसँग भेट गर्नुहुन्छ तब पहिलो छाप जे पर्छ त्यसैले तपाइँले उक्त व्यक्तिलाई मूल्याङ्कन गर्नुहुन्छ, म तपाईलाई यो कुरा एउटा उदाहरणबाट बुझाउँछु।

तपाईं कुनै पनि फिल्म हेर्न जाँदा तपाईंलाई फिल्मको ट्रेलर मनपर्छ भने उक्त फिल्म हेर्न जानुहुन्छ र उक्त फिल्म सुरु भइसकेपछि यदि तपाईले सुरुवातको १५-२० मिनेटमा उक्त फिल्म तपाईंलाई मन पर्यो भने देखि तपाईंले त्यो फिल्मलाई एकदम आशावादी भएर राम्रोसँग हेर्नुहुन्छ र त्यो फिल्मको आनन्द लिनुहुन्छ, यदि उक्त फिल्म तपाईंले १५-२० मिनेट हेरिसक्दा पनि तपाईं खासै राम्रो लागेन वा मन परेन भने पुरै फिल्म दुविधा साथ हेर्नुहुन्छ वा पुरै फिल्म हेर्नु हुन्न। फिल्म आधा भाग पछि एकदम धेरै राम्रो नै भए पनि तपाईंलाई उक्त फिल्म हेर्दा तपाईं आशंकित भएर हेर्नु हुन्छ।

तपाईंको अन्तरवार्तामा यसैगरी तपाईलाई परिचय दिन भन्दाखेरी अन्तरवार्ता कारले तपाईंले कसरी प्रस्तुत गर्नुहुन्छ वा आफ्नो बारेमा कसरी बताउनुहुन्छ भन्नेकुरा हेर्न खोजिरहेको हुन्छ, यदि तपाईले सुरुवाती अवस्थामा राम्रोसँग आफ्नो बारेमा बताउनुभयो र अन्तरर्वार्ता कार समक्ष राम्रो छाप छोड्न सक्नुभयो भने तपाईंको पूरै अन्तरवार्ता राम्रो हुने सम्भावना एकदमै धेरै हुन्छ। सुरुको अवस्थामा नै अन्तरवार्ता कारलाई तपाईले दिएको तपाईंको परिचय मन परेन भने देखि यदि पछि गएर तपाईंले सबै चिज राम्रै गर्नुभयो भने पनि उक्त अन्तरर्वार्ता कारले तपाईंको सुरुको प्रस्तुतिलाई हेरेर पूरै अन्तरवार्ता आशंकित भएर लिन्छ यस कारणले गर्दा अन्तरवार्तामा पास हुने सम्भावना एकदम कम हुन्छ।

परिचय अन्तरवार्तामा एउटा यस्तो भाग हो जसले पूरै अन्तरवार्ता नै राम्रो गर्ने वा अन्तरवार्ता बिगार्ने भन्ने कुरामा मुख्य भूमिका खेलेको हुन्छ र यो भनेको तपाईंको लागि एउटा अवसर पनि हो किनकी तपाईंको आफ्नो बारेमा आफैले बताउनुभनेको परीक्षामा उत्तर हेरेर उत्तर दिनु जस्तै हो।

यो प्रश्नमा अन्तरवार्ता कारले तपाईंमा के के हेर्न खोजिरहेको छ ?


यो प्रश्नमा अन्तरवार्ता कारले तपाईंमा के के हेर्न खोजिरहेको छ जान्न एकदम जरुरी हुन्छ। यो प्रश्नमा अन्तरवार्ता कारले तपाईंले आफ्नो बारेमा कसरी बताउनुहुन्छ भन्ने कुरा हेर्न खोजिरहेको हुन्छ। साथै तपाई कतिको निर्धक्क हुनुहुन्छ वा तपाईंको संचार कौशल कस्तो छ, हेर्न खोजिरहेको हुन्छ।
यो प्रश्नमा अन्तरवार्ता कारले यो एउटा प्रश्न गरे पश्चात उक्त व्यक्तिलाई अर्को प्रश्न गर्ने वा यो व्यक्ति को जरुरत छैन भनेर थाहा पाउनको लागि पनि यो प्रश्न गरिन्छ।

यो प्रश्नको जवाफ दिँदा तपाईंले ध्यानदिनुपर्ने कुराहरु।


यो प्रश्नको जवाफ दिँदा तपाईंले ध्यानदिनुपर्ने कुरा भनेको अन्तरवार्ता कारले तपाईमा के हेर्न खोजिरहेको छ भन्ने कुरा तपाईंलाई थाहा भइसक्यो अब तपाईले आफ्नो बारेमा निर्धक्क भएर अन्तरवार्ता कारलाई बताउनुपर्ने हुन्छ। जस्तै कुनै साथी वा तपाईंका आफन्तहरुले तपाईंलाई तपाईंको बारेमा बताउनु भन्दा तपाईं आफ्नो बारेमा सन्चो बिसन्चो के-कस्तो छ, हालसालै के चलिरहेको छ, या तपाई कुनै तनाबमा हुनुहुन्छ वा राम्रोसँग दिनहरू चलिरहेको छ भन्ने कुरा बताउनुहुन्छ तर तपाईंलाई यहाँ अन्तरवार्ताको लागि तपाईं को बरेमा बताउनुस् भन्दा खेरि तपाईले यसरी उत्तर दिन सक्नु हुन्न। यसको लागि तपाईंले केही कुराहरु समावेश गरेर उत्तर दिन सक्नु हुनेछ, जसलाई मैले यहाँ बताएको छु यसरी तपाईले step-by-step उत्तर दिन सक्नुहुन्छ। यसको लागि तपाईंले निम्न कुराहरु समावेश गरेर उत्तर दिन सक्नुहुन्छ।

अन्तरवार्तामा के के समावेश गर्ने?


  •  सर्बप्रथम तपाईले आफ्नो नामबाट सुरु गर्नुहोस्।
  •   त्यसपश्चात आफू रहने ठाउँ वा आफ्नो ठेगाना बताउनुहोस्।
  • त्यसपश्चात तपाईसँग भएको तपाईंको शैक्षिक योग्यता लाई तपाईंले बताउन सक्नुहुन्छ।
  •  त्यस पश्चात तपाईंले आफ्नो कुनै काम गरेको अनुभव भए उक्त अनुभवलाई बताउन सक्नुहुन्छ, भने यदि तपाईंसँग कुनै काम गरेको अनुभव नभएमा तपाईसँग भएको सीप तथा तपाइँले उक्त कामको बारेमा लिनुभएको ज्ञानको बारेमा बताउन सक्नुहुनेछ।
  •   अन्त्यमा तपाईंको परिवारको बारेमा जानकारी दिन सक्नुहुनेछ।

यो उत्तर दिंदै गर्दा तपाईंले विशेष ध्यान दिनुपर्ने कुरा भनेको तपाईंको व्यक्तिगत सम्बन्धलाई लिएर अन्तरवार्ता कार त्यसप्रति उत्सुक हुँदैन व्यक्तिगत सम्बन्धलाई अन्तरवार्तामा प्राथमिकता नदिनुहोला। तपाईंले अन्तरवार्ता दिन जाँदा आफ्नो परिचयलाई जतिसक्दो छोटो मिठो तरिकाले दिनुभयो भने एकदम उत्कृष्ट हुन्छ।

परिचयमा अन्य सहभागी गराउन मिल्ने विषय भनेको तपाईंको शौक समावेश गर्न सक्नुहुन्छ, यसपश्चात तपाईले लिनु भएको विभिन्न तालिम तथा गोष्ठी आदीमा सहभागी हुनुभएको छ भने उक्त चिजलाई तपाईले यसमा समावेश गर्न सक्नुहुनेछ, तर याद राख्नु साथीहरु उक्त कामसँग सम्बन्धित विषय बाहेक अन्य कुरा लाई  तपाइँले समावेश नगर्दा नै राम्रो हुन्छ। जस्तै यदि तपाई वेटरको अन्तर्वार्ताको लागि जाँदै हुनुहुन्छ र तपाईले कुनै समयमा ड्राइभरको काम गर्नु हुन्थ्यो भने तपाइँले उक्त गर्नुभएको ड्राइभरको काम महत्त्वपूर्ण भएतापनि वेटर काम र ड्राइभरको बीचमा खासै सम्बन्ध देखिँदैन, यदि तपाई मार्केटिङको लागि जाँदै हुनुहुन्छ र तपाईंसँग ड्राइभरको अनुभव छ भने यसमा एकदम राम्रो प्रभाव पर्ने गर्दछ यसैगरी तपाईं कुन कामको लागि अन्तरवार्ताको लागि जाँदै हुनुहुन्छ र तपाईसँग भएको अनुभवले यो काममा तपाईंलाई कतिको सहयोग मिल्छ यो कुरालाई विशेष ध्यान दिनुपर्ने हुन्छ र तपाईंले तपाईंको इच्छा अनुसार अन्तरवार्तामा यो प्रश्नको उत्तर लाई आफ्नो हिसाबले दिन सक्नुहुन्छ तपाइँले विशेषरुपमा सबैभन्दा छोटो र मीठो तरिकाले उत्तर दिनुहोस भनेर सल्लाह दिन चाहन्छु। अब हामी लागउँ उत्तरतिर, तपाईले यसको उत्तर यसरी दिनसक्नुहुन्छ

मेरो नाम सन्तोष पौडेल हो । म मकवानपुर नेपालमा बस्छु, मैले commerce मा bachelor गरेको छु । मसँग वेटरको चारसालको अनुभव छ र मेरो श्रीमती मेरो परिवारसँग मकवानपुरमा बस्छिन् ।

My name is santosh paudel. I live in makwanpur Nepal. I have done bachelor in commerce. I have a 4 years experience as waiter and i have a wife in my family in makwanpur. or (My wife live in makwanpur with my family)

Post a Comment

Previous Post Next Post