विदेशको लागि अन्तरबार्ता सोधिने प्रश्नहरु र प्रभाबकारी उत्तरहरु। नेपाली र English मा। bidesh ko lagi interview

 

विदेशको लागि अन्तरबार्ता सोधिने प्रश्नहरु र प्रभाबकारी उत्तरहरु। नेपाली र English मा। bidesh ko lagi interview



यदि तपाई विदेश जाने सोच बनाउदै हुनुहुन्छ वा अन्तरबार्ताको तयारी गर्दै हुनुहुन्छ भने आजको यो ब्लगमा तपाइलाई अन्तरबार्तामा सोधिने सम्भाबित प्रश्न र उत्तरहरु पाउनुहुनेछ।


मैले यो ब्लगमा तपाइले अन्तरबार्ता हलमा प्रवेश देखि सक्दा कसरि जवाफ दिने र अफ्ठेरो परेको खण्डमा छोटकारीमा जवाफ कसरि दिने भन्नेकुरा थाहा पाउनु हुनेछ।


अबहामि लागौ ब्लग तर्फ़.


अन्तरबार्ता कक्षमा प्रवेश.


तपाइको अन्तरबार्ता खुला हल वा बन्द कोठामा भैरहेको हुनसक्छ। तपाइको जब पालो आउछ तब तपाइलाई बोलइन्छ। 


यदि खुला हलमा अन्तरबार्ता भैरहेको छ भने तपाइलाई बोलाइएपछी गएर अन्तरबार्ताकारको अगाडी उभियर नमस्कर गर्नुहोला। (English मा बिहानको समय 12 बजे भन्दा अगी good morning, 12 बजे देखि 5 बजे सम्म good aftarnoon र 5 बजेदेखि राती 12 बजेसम्म good evening) 


यदि अन्तरबार्ता बन्द कोठामा भैरहेको छ भने ढोका ढकढकाउनुस (knock) अनि भित्रबाट बोलइन्छ वा के म भित्र आउन सक्छु? (May I Come in? ) भनेर भित्र जान सक्नुहुन्छ।


जब भित्र पस्नुहुन्छ, अन्तरबार्ताकारको अगाडी गएर उभिनुहोला अनि नमस्कर( Good morning, Good aftarnoon, Good evening) गर्नुहोला। अन्तरबार्ताकार एकजना भन्दा बढी छ भने, सबैजनालाई पालै पालो नमस्कार गर्नुपर्दैन एकमुस्टमा सबैजनालाई नमस्कार भनेर, सबैजनामा नजर घुमाउनुहोला।


तपाइले अबिबादन गरेपछि अब तपाइलाई बस्नको लागि भनिन्छ। जबसम्म तपाइलाई बस्नको लागि भनिदैन तबसम्म नबस्नुहोला।


कुनै कुनै अन्तरबार्तामा तपाइलाई बस्नको लागि नभनेर अलिकत्ति पर गएर उभिनको लागि भन्न सक्छ। यदि तपाइलाई अलि पर उभिनु भनियो भनि चिन्ता नमान्नुस अलिपर गएर उभिदिनुस तर बोल्दा भने अलि ठुलोस्वोरले बोल्नुहोला।


अब तपाइलाई प्रश्नहरू सोधिन सक्छ।


How are you doing today? कस्तो छ आजभोलि ? आज तपाईं कस्तो हुनुहुन्छ? 

I'm fine, thank you. How about you?  म ठीक छु, धन्यवाद। तपाईँलाई कस्तो छ?


How is your day going so far? आजको दिन अहिलेसम्म कस्तो बितिरहेको छ?

So far, the day is going well. How's your day?  अहिलेसम्म दिन राम्रै बितिरहेको छ। तपाईंको दिन कस्तो छ?


How are you feeling about today's interview? आजको अन्तर्वार्ताको बारेमा तपाईंलाई कस्तो महसुस भइरहेको छ?

 I am excited and feeling positive.  म उत्साहित छु र सकारात्मक महसुस गर्दैछु।


Hello, how are you?
सन्चै हुनुहुन्छ? आरामै हुनुहुन्छ?


What is your name? 
तपाईंको नाम के हो? / तपाईंको नाम बताउनु होस। / तपाइको नामबाट सुरुगर्न चाहाय।

अब तपाइले तपाइको नाम बताउन सक्नुहुन्छ तर नाम बताउदा आफ्नो पुरा नाम बताउनु होला। मेरो नाम सन्तोष मात्र होइन मेरो नाम सन्तोष पौडेल हो। जस्तै 


My name is Santosh Paudel.  मेरो नाम सन्तोष पौडेल हो।  
I am Santosh Paudel.  म सन्तोष पौडेल हुँ।


How old are you? तपाईं कति वर्षको हुनुहुन्छ? तपाईं कति वर्षको हुनुभयो?

I am 27 years old.  म २७ वर्षको भय।


Are you married? के तपाईं विवाहित हुनुहुन्छ? 

तपाइले आफ्नो बैबाहिक अवस्थाको बारेमा बताउदा हो वा होइन भनेर पनि भन्न सक्नुहुन्छ भने आफ्नो परिवारको छोटो जानकारी पनि राख्न सक्नुहुन्छ। जस्तै 


Yes, I am married. I have a daughter and a son.  हजुर म विवाहित पुरुष/महिला हु। मेरो एक छोरी, र एक छोरा छ।


अब तपाइलाई आफ्नो ठेगाना सम्बन्धित प्रश्न सोधिन सक्छ।

जस्तै 


Where do you live in Nepal? What is your current location in Nepal? Where do you live? तपाईं नेपालमा कहाँ बस्नुहुन्छ? तपाईंको हालको ठेगाना नेपालमा कहाँ हो? तपाइको ठेगाना बताउनुहोस।


तपाइको आफ्नो ठेगाना बताउदा बसोबास र हालको ठेगाना एकै हुन सक्छ वा काम तथा पढाईको सिलसिलामा फरक पनि हुनसक्छ। उक्त जानकारी हजुरले प्रदान गर्न सक्नुहुन्छ। 


यदि तपाईको अस्थाई र इस्थाई ठेगाना एकै छ भने निम्न तरिकाले आफ्नो ठेगाना बताउन सक्नुहुन्छ।


I live in Hetauda, Nepal.  म हेटौंडा, नेपालमा बस्छु।  

I am from Makawanpur, Nepal.  म मकवानपुर, नेपालबाट आएको।  


यदि तपाइको अस्थाई र इस्थाई ठेगाना फरक छ भने निम्न तरिकाले आफ्नो ठेगाना बताउन सक्नुहुन्छ।


I am from Makawanpur, Nepal, and I have been living in Qatar since 2019. म मकवानपुर, नेपालबाट आएको र म २०१९ देखि कतारमा बस्दै आइरहेको छु।  


I am from Makawanpur, Nepal, and have been living in Kathmandu since 2019. / I am from Makawanpur, Nepal, and have been living in Kathmandu for 5 years.  म मकवानपुर, नेपालबाट आएको र म २०१९ देखि काठमाडौंमा बस्दै आएको छु।


यसपश्चात तपाइलाई तपाइको परिवारको बारेमा प्रश्न सोधिन सक्छ। जस्तै 


Tell me about your family./Tell me little bit about your family. तपाईंको परिवारको बारेमा बताउनुहोस्।/तपाईंको परिवारको बारेमा थोरै बताउनुहोस्।

In my family, there are my parents, my wife, a daughter, and myself.  मेरो परिवारमा मेरा बुवा-आमा, मेरी श्रीमती, एक छोरी र म छु।  

In my family, I have my wife and daughter.  मेरो परिवारमा मेरी श्रीमती र छोरी छन्।


In my family, there are my parents, an elder brother, two younger brothers, two elder sisters, a younger sister, my wife, my daughter, and myself. मेरो परिवारमा मेरा बुबा-आमा, एकजना दाजु, दुईजना भाइहरू, दुईजना दिदीहरू, एक बहिनी, मेरी श्रीमती, मेरी छोरी, र म छौ।


Tell me your academic qualifications. What are your academic qualifications? What is your study Level? What is your Education?  

तपाईंको शैक्षिक योग्यताको बारेमा बताउनुहोस। तपाईंको शैक्षिक योग्यता के हो? तपाईंले कतिसम्म अध्यन गर्नुभएको छ?

I have passed the 8th grade.  मैले आठ कक्षा उत्तीर्ण गरेको छु।  

I have completed my 10th-grade education.  मैले १० कक्षा उत्तीर्ण गरेको छु।  

I have passed the SLC.  मैले एसएलसी पास गरेको छु।  

I hold a high school diploma in commerce from Makawanpur Multiple College and have completed a six-month basic computer course.  मैले मकवानपुर बहुमुखी क्याम्पसबाट वाणिज्य विषयमा उच्च शिक्षा हासिल गरेको छु र ६ महिनाको आधारभूत कम्प्युटर कोर्स गरेको छु।


Do you have any experience? Tell me about your experience. How many years of experience do you have? के तपाईंसँग कामको अनुभव छ? तपाईंको अनुभव छ भने बताउनुहोस्। तपाईंको अनुभव के छ? तपाईंसँग कति वर्षको अनुभव छ?

I have over seven years of experience in the hospitality industry. For the past year and a half, I have been working as a restaurant supervisor, where I have developed strong leadership and management skills. Additionally, I've held various roles such as barista, cashier, and waiter. This diverse background has provided me with a well-rounded skill set and the ability to adapt to different aspects of the restaurant business effectively.  मसँग आतिथ्य सत्कार क्षेत्रमा सात वर्षभन्दा बढीको अनुभव छ। पछिल्लो डेढ वर्षदेखि म रेस्टुरेन्ट सुपरवाइजरको रूपमा काम गर्दै आएको छु।, जहाँ मैले नेतृत्व र व्यवस्थापनको क्षमताहरू विकास गरेको छु। साथै, मैले बारिस्ता, क्यासियर, वेटर जस्ता विभिन्न भूमिका पनि निभाएको छु। यस विविध पृष्ठभूमिले मलाई राम्रो कौशल सेट प्रदान गरेको छ र म रेस्टुरेन्ट व्यवसायका विभिन्न पक्षहरूलाई प्रभावकारी रूपमा गर्न सक्षम छु।  

I have two years of experience working as a Salesman.  मसंग दुई वर्ष सेल्सम्यानको रूपमा काम गरेको अनुभव छ।  

I have 6 months of experience working as a kitchen helper.  मैले ६ महिना किचन हेल्परको रूपमा काम गरेको छु।  

I have been working as a kitchen helper for 3 months.  म ३ महिना देखि किचन हेल्परको रूपमा काम गर्दै आइरएको छु।


तपाइलाई अन्तरबार्तामा माथि जसरि प्रश्नहरु सोधिन सक्छ वा यसरि न सोधिएर एकमुस्टमा आफ्नो बारेमा बताउनुहोस्।आफ्नो परिचय दिनुहोस्। भनेर प्रश्न पनि सोधिन सक्छ जस्तै कि।


Tell me about yourself. Introduce yourself. आफ्नो बारेमा बताउनुहोस्। आफ्नो परिचय दिनुहोस्।


My name is Santosh Paudel, and I am 27 years old. I am from Hetauda, Nepal. In my family, there are my parents, my wife, a daughter, and myself. Speaking about my experience, I have 1 year of experience working as a kitchen helper. Regarding my education, I have completed my 10th-grade education. Additionally, I have completed a six-month basic computer course. Regarding my hobbies, I enjoy watching movies and learning new things. Thank you once again for this chance to introduce myself.  मेरो नाम सन्तोष पौडेल हो र म २७ वर्षको भय। म हेटौंडा, नेपालमा बस्छु। मेरो परिवारमा मेरा बुवा-आमा, मेरी श्रीमती, एक छोरी र म छु। मेरो अनुभवको कुरा गर्दा, मैले किचन हेल्परको रूपमा १ वर्षको अनुभव हासिल गरेको छु। मेरो शिक्षाको कुरा गर्दा, मैले १० कक्षा उत्तीर्ण गरेको छु।साथै, मैले ६ महिने आधारभूत कम्प्युटर कोर्स पूरा गरेको छु।  मेरो रुचिको कुरा गर्दा, मलाई चलचित्र हेर्न र नयाँ कुरा सिक्न मन पर्छ।  मलाई आफ्नो परिचय दिन यो अवसर दिएकोमा धन्यवाद।  


My name is Santosh Paudel, and I am 27 years old. I am from Hetauda, Nepal. In my family, I have a wife and a daughter. I have 2 years of work experience working as a waiter. I have completed my 10th-grade education. मेरो नाम सन्तोष पौडेल हो र म २७ वर्षको भय। म हेटौंडा, नेपालमा बस्छु। मेरो परिवारमा मेरी श्रीमती र छोरी छन्।  मसंग वेटरको रूपमा कामगरेको २ वर्षको अनुभव छ। मैले १० कक्षा उत्तीर्ण गरेको छु।  


How much was your salary there? तपाईंको त्यहाँको तलब कति थियो?

My salary was 2,000 Riyals, in addition to free accommodation, transportation, and meals during my duty hours.  मेरो तलब २,००० रियाल थियो, जसमा निःशुल्क आवास, यातायात, र ड्युटी समयमा खानाको सुविधा पनि थियो।


My salary was 3000 Dirham. मेरो तलब ३,००० दिराम थियो।


What are the duties and responsibilities of a..? What are your duties and responsibilities? What is your role? .....को कर्तव्य र जिम्मेवारी के हो? तपाईंको कर्तव्य र जिम्मेवारी के हुन्? तपाईंको भूमिका के हो?

काम कर्तब्य तथा जिम्मेवारीको उत्तर थाहा पाउन सम्बन्धित भिडियो हेर्नुहोला।



Post a Comment

Previous Post Next Post