🇨🇾 Cyprus Work Visa Interview Questions & Answers (With Nepali Translation)
साइप्रस वर्क भिसा इन्टरभ्यू प्रश्न र उत्तर (नेपाली अनुवाद सहित)
✈️ Introduction / परिचय
English:
If you are planning to go abroad, especially to Cyprus for a job, it’s very important to prepare well for your visa interview. Here, you will find the most common Cyprus work visa interview questions and answers with Nepali translation to help you speak confidently and naturally during your interview.
Nepali:
यदि तपाईं साइप्रस काम गर्न जान तयारी गर्दै हुनुहुन्छ भने, भिसा इन्टरभ्यूको तयारी गर्नु अत्यन्त जरुरी हुन्छ। यहाँ तपाईंलाई साइप्रस वर्क भिसामा सोधिने महत्वपूर्ण प्रश्न र उत्तरहरू अंग्रेजी र नेपाली अनुवादसहित दिइएको छ, जसले तपाईंलाई इन्टरभ्यूमा आत्मविश्वासका साथ जवाफ दिन मद्दत गर्छ।
👤 Personal Information / व्यक्तिगत विवरण
Q: What is your full name?
A: My full name is Santosh Paudel.
👉 मेरो पूरा नाम सन्तोष पौडेल हो।
Q: How old are you?
A: I am 27 years old.
👉 म २७ वर्षको छु।
Q: Are you married?
A: Yes, I am married.
👉 हो, म विवाहित छु।
Q: What is your permanent address?
A: I am from Hetauda, Makwanpur, Nepal.
👉 म नेपाल, मकवानपुरको हेटौंडाबाट हुँ।
🌍 Country-Related Questions / देशसँग सम्बन्धित प्रश्नहरू
Q: Why do you want to go to Cyprus?
A: I want to go to Cyprus for a job opportunity, to earn money and support my family.
👉 म साइप्रस काम गर्न, अन्तर्राष्ट्रिय अनुभव लिन र परिवारलाई सहयोग गर्न चाहन्छु।
Q: Why did you choose Cyprus?
A: Cyprus is a peaceful country with a growing economy. It offers job opportunities and good working conditions.
👉 साइप्रस एक शान्त र सुन्दर देश हो जहाँ होटल र रेस्टुरेन्टमा धेरै रोजगारीको अवसर छ।
Q: Do you have any relatives or friends in Cyprus?
A: No, I don’t have any relatives or friends in Cyprus.
👉 छैन, मेरो साइप्रसमा कुनै नातेदार वा साथी छैन।
Q: Have you been to any other country before?
A: Yes, I have worked in Kuwait since 2019.
👉 हो, म सन् २०१९ देखि कुवेतमा काम गर्दै आएको छु।
🧑🍳 Job-Related Questions / कामसँग सम्बन्धित प्रश्नहरू
Q: What is your job position in Cyprus?
A: I will work as a waiter.
👉 म वेटरको रूपमा काम गर्नेछु।
Q: Have you worked in the same field before?
A: Yes, I have over 2 years of experience as a waiter and currently I am working as a restaurant supervisor.
👉 हो, मसँग २ वर्षभन्दा बढीको वेटर अनुभव छ र अहिले म सुपरभाइजरको रूपमा काम गर्दैछु।
Q: How did you find this job?
A: I found it through a manpower agency.
👉 मैले यो काम म्यानपावर एजेन्सी मार्फत पाएको हुँ।
Q: Do you know what your duties will be?
A: Yes. I will take orders, serve food and drinks, clean tables, and help customers.
👉 हो, म अर्डर लिनु, खाना दिनु, टेबल सफा गर्नु र पाहुनालाई सहयोग गर्नु मेरो काम हुनेछ।
💵 Salary & Working Hours / तलब र काम गर्ने समय
Q: How much is your salary?
A: My salary will be around 600 Euros per month.
👉 मेरो तलब मासिक लगभग ६०० युरो हुनेछ।
Q: How many hours will you work per week?
A: I will work 40 to 48 hours per week.
👉 म हप्तामा ४० देखि ४८ घण्टा काम गर्नेछु।
🏢 Company & Accommodation / कम्पनी र बसोबास
Q: What is the name of your company?
A: The company’s name is XYZ Company.
👉 कम्पनीको नाम XYZ कम्पनी हो।
Q: Who will provide accommodation?
A: The company will provide accommodation.
👉 कम्पनीले बसोबासको व्यवस्था गर्नेछ।
Q: Where is the company located?
A: It is located in [City], Cyprus.
👉 कम्पनी [City], साइप्रसमा अवस्थित छ।
✈️ Travel & Visa / यात्रा र भिसा
Q: Have you made your travel insurance?
A: Yes, I made my insurance from [XYZ] company, and it covers one year.
👉 हो, मैले XYZ बीमा कम्पनीबाट यात्रा बिमा गराएको छु।
Q: Who will pay for your travel expenses?
A: I will pay for my travel expenses.
👉 मैले आफैंले यात्रा खर्च तिर्छु।
Q: What will you do after your contract ends?
A: I plan to continue my contract for two years if the company allows.
👉 म सम्झौता सकिएपछि नेपाल फर्कनेछु र यहाँ अनुभव प्रयोग गरेर आफ्नो भविष्य बनाउनेछु।
Q: What will you do if your visa is rejected?
A: I will improve my documents and apply again.
👉 म कागजातहरू सुधार गरेर फेरि आवेदन दिनेछु।
Q: What is the guarantee that you will return to Nepal?
A: I have family and responsibilities in Nepal. I also have plans to invest in farming after I return.
👉 मेरो परिवार र जिम्मेवारी नेपालमै छ। म फर्किएर कृषि क्षेत्रमा लगानी गर्ने योजना पनि राखेको छु।
➕ Extra Questions / थप प्रश्नहरू
Q: Have you booked your ticket?
A: No, I will book it after my visa is approved.
👉 होइन, भिसा स्वीकृत भएपछि मात्र टिकट बुक गर्नेछु।
Q: Where will you stay in Cyprus?
A: I will stay in company-provided accommodation.
👉 म कम्पनीले दिएको बसोबासमा बस्नेछु।
✅ Tip: Practice these questions confidently and naturally. Always answer truthfully and clearly during your interview.
👉 सुझाव: यी प्रश्नहरू आत्मविश्वासका साथ अभ्या
स गर्नुहोस्। इन्टरभ्यूमा सत्य र स्पष्ट जवाफ दिनुहोस्।

Post a Comment